आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीको सचिवालय बैठक : ५ नेताले धारणा राख्दै

सोमबार, ०१ साउन २०८०, १० : ५३
सोमबार, ०१ साउन २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा आज तेस्रो दिन पनि सचिवालय सदस्यहरुले बोल्ने क्रम जारी रहने भएको छ ।

उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेका अनुसार कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बिहान १० बजेदेखि बस्ने बैठकमा बोल्न बाँकी सदस्यहरुले बोलिसकेपछि अध्यक्षले सम्बोधन गरेर बैठक समापन हुनेछ ।

बैठकको पहिलो दिन सात जना सदस्यहरुले धारणा राखेका थिए भने दोस्रो दिन २ जनाले धारणा राखेका थिए । बाँकी अध्यक्षसहित ६ जना बोलेपछि मंगलबार बैठक समापन गर्ने तयारी छ । सोमबारको बैठकमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेता गंगालाल तुलाधर र विजय पौडेलले बोल्ने कार्यसूची छ । 

नेताहरुले बदलिँदो परिस्थितमा पार्टीलाई कसरी विस्तार गर्ने र आजको परिस्थिति कसरी फेस गर्ने भन्नेमा आआफ्नो धारणा राख्दै आएका छन् । त्यसबाहेक पार्टी कमिटीका रिक्त पदमा नेताहरुको मनोनयनका बारेमा समेत छलफल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप