आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रौतहटमा एक वर्षमा डुबेर १६ जनाको मृत्यु

सोमबार, ०१ साउन २०८०, ११ : २५
सोमबार, ०१ साउन २०८०

रौतहट । रौतहटमा आर्थिक वर्ष २०७९/०८० मा डुबेर १६ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार एक वर्षमा ६ जना पुरुष, २ जना महिला, ४ जना बालक र ४ जना बालिकाको डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी उमाशंकर यादवका अनुसार विभिन्न नदी तथा पोखरीमा डुबेर पछिल्लो आर्थिक वर्ष १६ जनाको मृत्यु भएको तथ्याङ्क छ ।

आर्थिक वर्षको अन्तिम दिन कटहरिया नगरपालिकास्थित गमहरिया घाट लालबकैया नदीमा नुहाउन गएका एक जना विद्यार्थीको डुबेर मृत्यु भएको छ । कटहरिया–५ का अशोक साह कानुको १५ वर्षीय छोरा कक्षा ९ मा अध्यनरत सोनु गुप्ताको नुहाउने क्रममा आइतबार डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप