आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अर्थ

ब्याजदर परिवर्तनले सेयर बजार उत्साहित, ४७ अंकले बढेर नेप्से सूचक २१ सय ४४ अंकको विन्दुमा उक्लियो

सोमबार, ०१ साउन २०८०, १६ : ०२
सोमबार, ०१ साउन २०८०

काठमाडौँ । साउन महिनाका लागि बैंकको ब्याजदर परिवर्तन भएसँगै यसको प्रभाव सेयर बजारमा देखिएको छ । 

साउन १ अर्थात् सोमबारदेखि बैंकहरुले खुल्ला बजारको नीति अनुरुप निक्षेपको ब्याजदर ६.४९ प्रतिशतदेखि १०.९८ प्रतिशतसम्म तोकेका छन् । योसँगै यता कर्जाको ब्याजदर समेत केहीँ घट्ने देखिएको छ । यसले लगानीकर्ताहरु उत्साहित भएका हुन् । 

सोमबार सेयर बजार परिसूचक नेप्से ४७.०७ अंकले बढ्दै २१ सय ४४.१६ अंकको विन्दुमा उक्लिएको छ । अघिल्लो दिने यस्तो सूचक १२ अंकले बढेको थियो । 

आज २ अर्ब ५६ करोड १ लाख ९१ हजार रुपैयाँ बराबरको ७६ लाख ३४ हजार कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

आज म्युचुअल फन्ड बाहेकका १२ वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी डेभलपमेन्ट बैंक समूहको उपसूचक ४.१४ प्रतिशतले बढ्दैगर्दा आज म्युचुअल फन्ड समूहको उपसूचक ०.४९ प्रतिशतले मात्र घट्न पुगेको छ । 

बीपीडब्लू लघुवित्त वित्तीय संस्था र युनाइटेड अजोड इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कुमारी धनवृद्धि योजना फन्डको सेयर मूल्य ८.३७ प्रतिशतले घट्न पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप