आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न कांग्रेस शीर्ष नेता छलफलमा

सोमबार, ०१ साउन २०८०, १६ : ११
सोमबार, ०१ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक सुरु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा सोमबार अपराह्न बैठक सुरु भएको हो । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको केन्द्रीय समितिको बैठकमा पेस गर्ने एजेन्डाबारे आजको छलफल केन्द्रित छ ।

साउन २ गते मंगलबार बस्ने केन्द्रीय कार्यसमिति बैठकको एजेन्डा तय हुने महामन्त्री गगन थापाले बताए । गत २७ असारमा बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक साउन २ सम्मका लागि स्थगित भएको थियो ।

शीर्ष नेताको बैठकबाट केन्द्रीय समितिको बैठकका एजेन्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने कांग्रेसको तयारी छ । 

महामन्त्रीद्वयले कार्यसम्पादन समितिबाट भएका निर्णयको अनुमोदन, पार्टी सदस्यता, अनुशासन सम्बन्धी विषय, नीति महाधिवेशनको तिथि मिति, समसामयिक राजनीति लगायतका एजेन्डा बनाएका छन् । 

पार्टीका प्रभाशाली नेता बालकृष्ण खाण मुछिएको नक्कली शरणार्थी प्रकरणको विषयलाई केन्द्रीय कार्यसमिति बैठकको एजेन्डा बनाउने कि, नबनाउने भन्नेमा कांग्रेसभित्र मतभेद छ । बैठकको एजेन्डा नबनेपछि विविध विषयमा नक्कली शरणार्थी प्रकरणको विषय उठाउने कांग्रेसको संस्थापन पक्षको तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप