आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री भेटवार्ता

सोमबार, ०१ साउन २०८०, १६ : ३४
सोमबार, ०१ साउन २०८०

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद र उनका भारतीय समकक्षी एस जयशङ्करबीच थाइल्यान्डको बैंककमा सोमबार भेटवार्ता भएको छ । 

थाइल्याण्डको बैंककमा जारी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य मुलुकका विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुने क्रममा उनीहरुबीच भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनीहरुबीचको द्विपक्षीय वार्ता उपलब्धिमूलक भएको बताइएको छ । भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपाली समकक्षीसँग फलदायी वार्ता भएको उल्लेख गरेका छन् ।

भेटवार्तापछि विदेशमन्त्री जयशङ्करले नेपालसँग आपसी हितका विषयमा निरन्तर सम्पर्कमा रहेर काम गर्न आफू तयार रहेको सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप