आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

३८ रन बनाएर पेभेलियन फर्किए गुल्सन झा

सोमबार, ०१ साउन २०८०, १७ : ०३
सोमबार, ०१ साउन २०८०

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको भारत ‘ए’ विरुद्धको आफ्नो दोस्रो खेलमा सोमबार नेपालले आफ्नो आठौं विकेट गुमाएको छ । 

आठौं विकेटका रुपमा गुल्सन झा पेभेलियन फर्किएका हुन् । उनले ३० बलमा दुई छक्का र दुई चौकाको मद्दतले ३८ रन बनाए । उनको विकेट निसान्त सिन्धुले लिए । 

सिन्धुले उनलाई ध्रुव जुरेलद्वारा क्याच गराएका थिए । गुल्सन आउट हुँदा नेपालले ३५.१ ओभरमा एक सय ६२ रन बनाएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप