आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दै

मङ्गलबार, ०२ साउन २०८०, ०६ : ३९
मङ्गलबार, ०२ साउन २०८०

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानमा बिहान ९ बजेदेखि बैठक सुरु हुनेछ । 

शुक्रबारदेखि सुरु भएको बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी रहेको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। छलफलमा सहभागी नेताहरुले समसामयिक घटनाक्रम, सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीतिमा केन्द्रित रहेर विषयबीतु राखिरहेका छन् ।

पार्टी परित्याग गरी गएका केही नेताको पद रिक्त रहेकाले ती पदहरूमा कसलाई मनोनीत गर्ने विषयमा पनि छलफल हुने बताइएको छ । पार्टीमा केही उपाध्यक्षसहितका पदाधिकारी तथा बागमती र लुम्बिनी प्रदेशमा इन्चार्ज पद रिक्त छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप