आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक सुरु, महामन्त्री शर्माद्वारा १० एजेण्डा प्रस्तुत

मङ्गलबार, ०२ साउन २०८०, १४ : ३४
मङ्गलबार, ०२ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बैठकका एजेण्डा पेस गरेका छन् । 

कांग्रेस बैठकमा १० वटा एजेण्डामा केन्द्रित छलफल हुनेछ । जसमा समसामयिक राजनीतिक प्रतिवेदन, सांगठानिक कार्ययोजना र कार्यतालिका, कार्यसम्पादन समितिले गरेका निर्णय प्रस्ताव, निर्वाचन परिचालन समितिको प्रतिवेदन पेश,  नीति अधिवेशनको प्रक्रिया र विभाग गठनसम्बन्धी हेरफेर छन् । 

त्यसैगरी जनसमुदायबीच पुग्न राष्ट्रव्यापी अभियानबारेको प्रस्ताव, अनुशासन समिति प्रतिवेदन,  कांग्रेसको संसदमा प्रस्तुती र सरकारले गरेको गतिविधि बैठकका एजेण्डा छन् । 

महामन्त्री शर्माले बैठकका एजेण्डा पेश गरेपछि अर्का महामन्त्री गगन थापाले सांगठानिक प्रतिवेदनमा भएका विषयबारे राखेका छन् । जसमा एक वर्षमा भए गरेका कामकारवाही र आगामी दिनमा गर्नुपर्ने कामहरुबारे छन् ।  कांग्रेसले आगामी एक वर्ष गर्ने कार्यतालिका लगायत समेटिएको महामन्त्री थापाले बताएका छन् । कांग्रेसको विधान अनुसार प्रत्येक २ महिनामा बस्नुपर्ने केन्द्रीय समितिको बैठक एक वर्षपछि बस्न लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप