आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

७ लाख सदस्य थप्ने लक्ष्यका साथ कांग्रेसले एक वर्षे अभियान चलाउने

मङ्गलबार, ०२ साउन २०८०, १५ : १०
मङ्गलबार, ०२ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसले आगामी एक वर्ष क्रियाशील सदस्यता विस्तार अभियान चलाउने भएको छ । उक्त अभियानबाट ५ देखि ७ लाख नयाँ सदस्य बनाउने कांग्रेसले कार्ययोजना अघि सारेको हो ।  

मंगलबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले साउन २० देखि २०८१ असार ३१ गतेसम्म ‘घरघर जाऊँ, पार्टी सदस्य बनाऊँ’ अभियान चलाउने योजना प्रस्तुत गरेका हुन् । 

उनका अनुसार क्रियाशील सदस्यताको वितरण वर्षभरि नै गर्नेगरी यसका लागि जिल्ला कार्यसमितिलाई फारम पठाइसकिएको छ। 

'अब इच्छुक साथीहरूले प्रक्रिया पुरा गरेर पार्टीको क्रियाशील सदस्यता लिन सक्नुहुने छ। कांग्रेसको क्रियाशील सदस्यता वितरण अनलाइनमार्फत् गर्ने कुरालाई हामीले सुरु गर्‍यौँ । यसलाई प्रभावकारी बनाउने, संगठन विस्तार र सुदृढीकरणका लागि नयाँ व्यक्तिलाई पार्टीमा आकर्षण र गर्न र समाजको विविधता झल्कने गरी यो वर्षको साउन २० देखि २०८१ असार ३१ गतेसम्म घरघर जाऊँ पार्टी सदस्य बनाऊँ भन्ने अभियान चलाउन अन्तर्गत राष्ट्रिय अभियान सुरु हुने छ,’ उनले भने । 

५ लाखदेखि ७ लाख सदस्यता बनाउने उद्देश्यले यो अभियान प्रारम्भ गरिने महामन्त्री थापाले सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप