आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

१८ पछि पुनः रेकर्ड ‘बादल वर्षा बिजुली’

मङ्गलबार, ०२ साउन २०८०, १५ : १४
मङ्गलबार, ०२ साउन २०८०

काठमाडौँ । १८ वर्ष पहिले बनेको चलचित्र ‘कर्तव्य’मा रहेको गीत ‘बादल वर्षा बिजुली’ पछिल्लो समय निकै चर्चित बन्यो । छोटा भिडियोको लोकप्रिय ‘टिकटक’ले यो गीतलाई पुनरुज्जीवन दिलायो । यो गीतको चर्चासँगै सर्जकले नयाँ भर्सनमा ल्याएका छन् ।

काठमाडौँमा एक कार्यक्रमकाबीचमा उदयराज पौडेलले एरेन्ज गरेका छन् । गायक आनन्द कार्की र गायिका प्राश्ना शाक्यले पुनः स्वर भरेका छन् । सुब्रत आचार्यले भिडियोको निर्देशन गरेका छन् । विजु पार्की र कबिता नेपालीले अभिनय गरेका छन् । उत्सव दाहालले छायाङ्कन गरेको भिडियोका सम्पादक बिजेश पौडेल हुन् ।

कार्यक्रममा बोल्दै गायक कार्कीले वर्षौँपछि गीतलाई ब्युँताएकोमा टिकटक प्रयोगकर्तालाई धन्यवाद दिए । उनले  १८ वर्ष पहिले नै आफूले गाएको गीत अहिलेको पुस्तालाई समेत मन परेकोमा खुसी भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप