आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेसमा अनुशासन उल्लंघनका २१ सय उजुरी

मङ्गलबार, ०२ साउन २०८०, १५ : २३
मङ्गलबार, ०२ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसको अनुशासन समितिमा २१ सय उजुरी परेका छन् । गत निर्वाचनमा घात, अन्तर्घात, बागी उम्मेदवार लगायतका घटनामा सो संख्यामा उजुरी परेका हुन् । 

जारी केन्द्रीय समिति बैठकमा अनुशासन समितिका संयोजक तथा कांग्रेस नेता आनन्द ढुंगानाले ४६ जिल्लाबाट २१ सय उजुरी परेको बताएका हुन् । तर ती सवै उजुरीमाथि छानबिन पुरा गर्न बाँकी नै रहेको ढुंगानाले जानकारी दिए । 

त्यस्तै उनले ८७ जनालाई कारबाही गरिएको समेत जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप