आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
केन्द्रीय समिति बैठक

विधान कार्यान्वयन र पार्टीको सुदृढीकरणबारे यस्तो छ महामन्त्रीको प्रतिवेदन (पूर्णपाठसहित)

मङ्गलबार, ०२ साउन २०८०, १६ : १४
मङ्गलबार, ०२ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसको मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापाले आफ्नो प्रतिवेदन पेश गरेका छन् । थापाले ‘विधान कार्यान्वयन र पार्टीको सुदृढीकरण सन्दर्भमा’ बैठकमा सांगठनिक कार्यतालिकासहितको प्रतिवेदन पेश गरेका हुन् । 

थापाको प्रतिवेदनमा केन्द्रीय कार्यसमितिको बैठक प्रत्येक दुई महिनामा दोस्रो महिनाको पहिलो हप्ता बस्ने प्रस्ताव गरिएको छ । यस्तै वर्षमा न्यूनतम दुई बैठक काठमाडौँ उपत्यकाबाहिर बस्ने प्रस्ताव गरिएको छ ।

 

यसैगरी भदौ १५ गतेसम्म सबै विभागको गठन र पूर्णता दिने प्रस्ताव पनि गरिएको छ । 

विभिन्न ६ वटा भ्रातृ संघहरुको तदर्थ समिति भदौ १५ गतेभित्र गठन गरिसक्ने  प्रस्ताव पनि थापाको प्रतिवेदनमा उल्लेख छ । 

यस्तै नीति महाधिवेशन, सदस्यता, अभियान, कार्यालय व्यवस्थापनलगायतका विषय पनि थापाको प्रतिवेदन प्रस्ताव गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप