आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेसका प्रस्तावित २२ विभाग (सूचिसहित)

मङ्गलबार, ०२ साउन २०८०, १७ : १८
मङ्गलबार, ०२ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसले २२ वटा केन्द्रीय विभाग थप्ने भएको छ । कांग्रेस महामन्त्री गगन थापाले सोमबारदेखि सानेपामा सुरु केन्द्रीय कार्यसमितिको बैठकमा २२ विभाग थप गर्ने प्रस्ताव पेस गरेका हुन् ।

कांग्रेसको विधानअनुसार यसअघि ४८ विभाग राखिएको थियो । त्यसमा २२ थप गरी ७० विभाग पुर्‍याउन लागिएको  छ ।

प्रस्तावित थप विभागहरूमा न्याय तथा मानवअधिकार विभाग, नवीनतम प्रविधि र नवप्रवर्तन समन्वय विभाग, सामाजिक–सांस्कृतिक अभियान विभाग, विकास तथा पूर्वाधार विभाग, सुशासन विभाग, सहकारी विभाग, उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभाग विकास विभाग रहेका छन् ।

यस्तै, विपद् व्यवस्थापन विभाग, ऊर्जा तथा जलस्रोत विभाग, युवा तथा किशोर–किशोरी विभाग, भूपू प्रहरी विभाग, ज्येष्ठ नागरिक समन्वय विभाग, जलवायु परिवर्तन र वातावरणीय सन्तुलन सरोकार विभाग र पूर्वआप्रवासी समन्वय विभाग थप गर्न लागिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप