आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीको बैठक बिहीबारसम्म लम्बियो

मङ्गलबार, ०२ साउन २०८०, २१ : ०५
मङ्गलबार, ०२ साउन २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बिहीबारसम्म लम्बिएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानमा शुक्रबारदेखि सुरु भएको बैठक आज मंगलबार सकिने भनिए पनि बिहीबारसम्म लम्बिएको हो । 

जारी बैठकमा नेताहरूले आफ्नो धारणा राखिसकेका छन् । नेताहरूले समसामयिक घटनाक्रम, सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीतिमा केन्द्रित रहेर आफ्नो धारणा राखेका हुन् । 

मंगलबारको बैठकमा पूर्वप्रधानमन्त्री तथा पार्टीका सम्मानित नेता झलनाथ खनालले आफ्नो धारणा राखेका छन् । करिब ५ घण्टा आफ्नो विचार राखेका खनालले विगत २२ महिनाको समीक्षा गरेको बैठकमा सहभागी एक नेताले बताए । 

ती नेताका अनुसार खनालले देशको वर्तमानस्थित लगायतका विषयमा धारणा राखेका थिए ।  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप