आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमालेमा कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई, नेम्वाङ दलको नेता

बुधबार, ०३ साउन २०८०, ०९ : २४
बुधबार, ०३ साउन २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू विदेश भ्रमणमा जाने भएपछि पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिएका छन् । साथै  पार्टी संसदीय दलको नेताको जिम्मेवारी उपाध्यक्ष सुवास नेम्वाङलाई दिएका छन् । 

आफू कम्बोडिया जाने भएपछि उनले पार्टीको कार्यवाहक अध्यक्ष र संसदीय दलको कार्यवाहक नेताको जिम्मेवारी क्रमशः पोखरेल र नेम्वाङलाई दिएका हुन् । 

ओली गए राति नै कम्बोडिया प्रस्थान गरेका छन् । उनी त्यहाँ हुने निर्वाचन पर्यवेक्षणका लागि गएका हुन् । ओली साउन ८ गते स्वदेश फर्किने कार्यतालिका छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप