आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सरकार जनताको अवस्था बदल्न प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

बुधबार, ०३ साउन २०८०, १२ : ०७
बुधबार, ०३ साउन २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न प्रतिबद्ध रहेको बताएका छन् । 

बुधवार ६१ औँ इन्जिनियर दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले  सुशासनको लक्ष्य हासिल गर्न सरकारले भ्रष्टाचारबिरोधी अभियानलाई तीव्र्ताकासाथ अघि बढाइरहेको उल्लेख गरे । उनले त्रुटि एउटाले गर्ने र आरोप अर्कोलाई लाग्ने स्थिति हुन नदिन दोषी नछुटोस्, निर्दोष नपरोस् भन्ने मान्यताअनुसार केही नियमावलीमा, ऐनमा सुधार गर्ने विश्वास व्यक्त गरे । 

उनले असारमा गरिएका विकास निर्माणका कार्य मनसुनको बाढी र पहिरोले बगाउने र बनेका पूर्वाधार संरचना पनि नटिक्ने र उचित सदुपयोग नहुने विकासको प्रविधिलाई बदल्नुपर्ने बताए । 

सो अवसरमा प्रधानमन्त्री दाहालले सरकार नागरिकको सुरक्षा र समृद्धितर्फ अघि बढिरहेको दाबी गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप