आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सिनामंगलमा भेटिएको शङ्कास्पद वस्तु यसरी गरियो डिस्पोज (तस्बिरहरू)

सिनामंगलमा भेटिएको शङ्कास्पद वस्तु यसरी गरियो डिस्पोज (तस्बिरहरू)

बुधबार, ०३ साउन २०८०

काठमाडौँ । काठमाडौँको सिनामंगलमा फेला परेको शङ्कास्पद वस्तु डिस्पोज गरेको छ । सिनामंगल स्थित खोटाङ हलेसी ज्वेलर्स अगाडि फेला  परेको शङ्कास्पद बस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको हो । 

शङ्कास्पद बस्तुमा बम भने नरहेको प्रहरीले जानकारी दिएको छ । शङ्कास्पद बस्तु राखेको आरोपमा प्रहरीले  एक युवक पक्राउ गरिसकेको छ । 

सिसिटिभी फुटेजका आधारमा रौतहटका २८ वर्षीय खजन्ती पासवानलाई प्रहरीले पक्राउ गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया