आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जी–२० सम्मेलन नेपालका लागि महत्त्वपूर्ण उपलब्धि : अर्थमन्त्री डा. महत

बुधबार, ०३ साउन २०८०, १७ : ५१
बुधबार, ०३ साउन २०८०

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले हालै भारतको गुजरातमा सम्पन्न जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्त्वपूर्ण उपलब्धि रहेको बताएका छन् । सम्मेलनमा सहभागी भएर बुधबार फर्किने क्रममा मन्त्री डा. महतले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै जी–२० सम्मेलनमा मूलतः ३ वटा महत्त्वपूर्ण विषयमा छलफल भएको जानकारी दिए । 

उनले भने, ‘पहिलो, जी–२० सम्मेलनमा सहभागी भएर नेपालले आफ्नो कुरा राख्ने अवसर पायो । दोस्रो, भारतीय र चिनियाँ अर्थमन्त्रीहरूसँग महत्त्वपूर्ण भेटघाट र छलफल भयो । दुई पक्षीय भेटघाटमा लगानी र व्यापारका विषयमा छलफल भयो । तेस्रो गुजरातमा रहेका उद्योग व्यवसायीसँग भेटघाट र छलफललाई उपलब्धि र महत्वका रूपमा लिनुपर्छ ।’

मन्त्री डा. महतले थपे, ‘नेपाल जी–२० को सदस्य होइन, तर आमन्त्रण गरेको हुनाले कम विकसित देशहरूको समस्या जी–२० को फोरममा राख्ने महत्त्वपूर्ण अवसर प्राप्त भयो । यस विषयमा सोमबार र मंगलबार लगातार ५–६ वटा विषयमा छलफल भयो । ’

‘कम विकसित मुलुकले भोग्नु परेको समस्या, जलवायु परिवर्तनको समस्या, डिजिटलाइजेशनले निम्त्यिाएको चुनौती देशको सीमाभित्रै सम्हाल्न सक्ने अवस्था कमजोर भइरहेको छ,’ मन्त्री डा. महतले भने, ‘डिजिटल ट्रान्जेक्सनमार्फत् जुन आर्थिक गतिविधि हुन्छ, त्यो अरू ठाउँबाट पनि सञ्चालन हुन्छ । त्यो अवस्थामा हामीले कसरी क्षमता वृद्धिका लागि अन्तर्राष्ट्रिय समूहले कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा पनि छलफल भयो ।’

जलवायु परिवर्तन जसको कारणबाट हामीले क्षति बेहोरिरहेका छौँ, यसमा विकसित देशहरूले कसरी सहयोग गर्नुपर्छ भन्ने विषयमा पनि छलफल भएका मन्त्री डा. महतले बताए । जी–२० का देशहरूले संसारभरि नै आर्थिक वृद्धिदर कम भइरहेको छ, क्रय शक्तिमा समस्याहरू आएको छ । यसलाई कसरी विस्तार गर्ने लगायतका विषयमा छलफल भएको मन्त्री डा. महतको भनाई थियो । 

गुजरात चेम्बर अफ कमर्स इन्ड्रस्टिजको कार्यालयमा अन्तर्क्रिया भएको मन्त्री डा. महतले जानकारी दिए । नेपालमा लगानीको सम्भावनाबारे त्यहाँ नेपालले प्रस्तुति दिएको थियो । गुजरातमा पनि नेपाली समुदायको सङ्ख्या ठुलो छ, उनीहरूसँग पनि अन्तर्क्रिया गरेको मन्त्री डा. महतले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप