आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतको उत्तराखण्डमा ट्रान्सफर्मर पड्किँदा १५ जनाको मृत्यु

बुधबार, ०३ साउन २०८०, १८ : ०२
बुधबार, ०३ साउन २०८०

नयाँ दिल्ली । भारतको उत्तराखण्डमा ट्रान्सफर्मर पड्किँदा करेन्ट लागेर १५ जनाको मृत्यु भएको छ ।

भारतको उत्तराखण्ड राज्यमा बुधबार विद्युत् ट्रान्सफर्मर विस्फोट हुँदा एक प्रहरी अधिकारी र तीन होमगार्डसहित कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य छ जना गम्भीर घाइते भएका भारतीय प्रहरीले बताएको छ । 

उत्तराखण्डको राजधानी देहरादुनबाट करिब २६६ किलोमिटर पूर्वमा पर्ने चमोली जिल्लाको अलकनन्दा नदीमा रहेको पुलमा विद्युत् आपूर्ति गर्न आयोजनास्थलमा राखिएको ट्रान्सफर्मर विस्फोट भएको हो ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको छानबिन गर्न आदेश दिएका छन् ।-(रासस/सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप