आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बैठक लाइभ भएपछि भित्र एउटा र बाहिर अर्को कुरा गर्ने प्रवृत्ति रोकियो : महत

बुधबार, ०३ साउन २०८०, २० : १०
बुधबार, ०३ साउन २०८०

काठमाडौँ । अर्थमन्त्री एवं नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी केन्द्रीय समितिको बैठक लाइभ हुनुले जनतामा यथार्थ कुरा गएको बताएका छन् । विगतमा केही नेताहरुले बैठकमा एउटा कुरा भएपनि बाहिर निस्केर आफू अनुकूलको अर्को कुरा बोलिदिनाले यथार्थ कुरा बाहिर नगएको उनको संकेत थियो । 

बुधवार समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महतले पार्टी सभापति शेरबहादुर देउवाले बैठकको लाइभ गरेर जनतालाई यथार्थ कुरा बुझाएको बताए ।

उनले विगतमा भित्र एउटा र बाहिर अर्को कुरा हुने प्रवृत्ति रहेकामा लाइभका कारण सो कार्य रोकिएको दाबी गरे ।  उनले लाइभ आइसकेपछि नेताहरुले पनि जिम्मेवारीपूर्वक आफ्ना धारणा राखिरहेको बताए । 

महतले पार्टी बलियो बनाए मात्रै पार्टीका व्यक्तिहरु बलियो हुनेकुरा केन्द्रीय समितिको बैठकमा बहस भएको र यसले पार्टीलाई सुदृढ पार्ने बताए । 

 पार्टी नेता बालकृष्ण खाँणको मुद्दाका बारेमा उनले काँग्रेस विधिको शासनमा विश्वास गर्ने पार्टी भएकाले कसैले गरेका कमी कमजोरी विधिबाट समाधान हुनुपर्ने बताए । 

उनले भने, ‘लाइभले राम्रो गरेको छ । नत्र भित्र एउटा कुरा भएको छ, बाहिर अर्को कुरा बोल्दा पार्टी अफ्ठ्यारोमा पर्ने गर्दथ्यो । यो लाइभले गर्दा यो भ्रम बाहिर पर्ने कुराको अन्त्य गरेको छ । सबैकुरा पारदर्शी हुन्छ, जिम्मेवारीपूर्वक बोल्ने काम भएको छ । भित्र एउटा हुन्थे, बाहिर यस्तो भयो भन्थे, अब त सबैकुरा आउने भयो, कसैले भ्रम पार्ने भएनन् ।’ 

यस्तै नेता रामहरि खतिवडाले काँग्रेसमा महिलाको क्रियाशील सदस्य ३३ प्रतिशत नै पु¥याउनुपर्ने बताए ।  दलितको १४ प्रतिशत रहेको र त्यही अनुसार सबैको प्रतिनिधित्व गराउनुपर्ने बताए । 

नेता नैनसिंह महरले कोशी सरकारको नामाकरण र पछिल्लो कोशी प्रदेश सरकार निर्माणको विषयमा उठेका प्रश्नको उत्तर खोज्नुपर्ने कुरा आफूले समितिमा उठाएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप