आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सुन बरामद

करिब १०० किलो सुन हिजो आएको थियो हङकङबाट

राजश्वका डिजी भन्छन्– ‘सुन ल्याउनेहरु भेटिएका छैनन्’
बुधबार, ०३ साउन २०८०, २२ : ३४
बुधबार, ०३ साउन २०८०

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको ८० देखि १ सय किलो सुन मंगलबार नै हङकङबाट आएको थाहा भएको छ । क्याफे प्यासिफिको उडानबाट तस्करले भन्सारको सामान बनाएर सुन ल्याएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले रातोपाटीलाई बताए ।

भन्सारको गेट पास भैसकेको अवस्थामा राजश्वको टोलीले छापा मारेर सुन बरामद गर्न सफल भएको छ । सुन बरामद भएपनि सुन ल्याउनेहरु नभेटिएको महानिर्देशक ढुंगानाले बताए । उनले भने–‘सुन बरामद गरेको कुरा छिट्टै फैलियो, मानिस पक्राउ गर्न सकेका छैनौं ।’

मोटरसाइकल र स्कुटरको ‘ब्रेक सु’ मा छिपाएर सो सुन काठमाडौं ल्याइएको थियो । सुन आएकोबारे त्रिभुवन विमानस्थल भन्सार कार्यालय र विमानस्थल सुरक्षा कार्यालय बेखबर छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप