आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
बादलसँग लुकामारी खेल्दै पोखरा, तस्बिरहरू
फोटोफिचर

बादलसँग लुकामारी खेल्दै पोखरा, तस्बिरहरू

बिहीबार, ०४ साउन २०८०

काठमाडौँ । पर्यटकीय सहर पोखरालाई नेपालको चेरापुञ्जी भनेर पनि चिनिन्छ । पोखराको मौसमको अनुमान गर्नै गाह्रो छ । घाम लागेर गर्मी भइरहँदा एकैछिनमा शीतल बनाउने गरी पानी पर्दिन्छ । 

अग्लो ठाउँबाट पोखरा उपत्यका हेर्दा बादलभित्र सहरले सधैँ लुकामारी खेलेको भान हुन्छ । अझ पानी परेको केही क्षणमा हुस्सु लाग्दाको क्षण निकै मनमोहक देखिन्छ । 

ताल नै तालको सहरको समेत उपमा पाएको यो ठाउँमा रहेका बेगनास र फेवा ताल र यसको वरिपरि राखिएका अनेकन् रङका डुङ्गाले मन नै लोभ्याउँछ । तालको डिल बसेर उभिएका पहाड र चराचुरुङ्गीको आवाजले मनलाई नै शान्ति दिन्छ ।

तस्बिरहरू हेरौँ :

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया