आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीको बैठक : अध्यक्ष नेपालले जवाफ दिँदै

बिहीबार, ०४ साउन २०८०, १० : २७
बिहीबार, ०४ साउन २०८०

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को जारी केन्द्रीय सचिवालय बैठकमा सदस्यहरूले उठाएका प्रश्नको अध्यक्ष माधवकुमार नेपालले जवाफ दिँदै छन् । 

प्रचार विभाग प्रमुख समेत रहेका नेता जगन्नाथ खतिवडाले आजको बैठकमा सचिवालय सदस्यहरूले उठाएका प्रश्नहरूको अध्यक्ष नेपालले जवाफ दिने कार्यसूची रहेको छ । 

चम्पादेवीमा जारी बैठकमा यसअघि १४ जना सचिवालय सदस्यहरूले आफ्नो धारणा राखिसकेका छन् । सदस्यहरूको जवाफपछि अध्यक्ष नेपालले वर्तमान राजनीतिक परिस्थिति र पार्टीको कार्यभार र अन्य एजेन्डाका बारेमा धारणा राख्ने भएकाले बैठक दिनभर चल्ने नेताहरूको भनाइ छ । 

बैठक गत असार २९ गतेबाट सुरु भएको हो । सचिवालयको ६१ औँ बैठकमा नेताहरूको कार्यविभाजन, कमिटी समायोजन तथा थपघट, सरकार र संसद्लगायतका विषयमा निर्णय गर्ने तयारी  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप