आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलामा १ लाख १३ हजार ६ सय रुपैयाँ पुग्यो

बिहीबार, ०४ साउन २०८०, २० : ००
बिहीबार, ०४ साउन २०८०

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छावापाला सुन तोलामा ५ सय रुपैयाँले बढ्दै १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भएको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १३ हजार १ सय रुपैयाँमा करोबार भएको थियो । 

यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ५ सय रुपैयाँले नै बढ्दै १ लाख १३ हजार ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ । 
यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले मात्र बढ्दै १ हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप