आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अवैध सुन प्रकरण

एकसाता लाग्न सक्छ सुनको यकिन परिणाम आउन : टक्सार महाशाखा

बिहीबार, ०४ साउन २०८०, १५ : ३६
बिहीबार, ०४ साउन २०८०

काठमाडौँ । राजश्व अनुसन्धान विभागले समातेको अवैध सुन नेपाल राष्ट्र बैंक मातहतको टक्सार महाशाखा पुगेको छ । महाशाखाका निर्देशक थानेश्वर आचार्यले विभागबाट सुन आइपुगेको र थप अनुसन्धान अघि बढेको रातोपाटीलाई जानकारी दिए ।

उनले भने, ‘८ प्याकेट सुन आइसकेको छ । प्याकेटसहित जोख्दा कूल १५४ किलोग्राम भएको छ ।’  तर, यी प्याकेटमा कति परिणामको सुन छ भन्ने यकिन तथ्याङ्क आउन भने एक हप्तासम्म लाग्न सक्ने आचार्यले बताए ।

‘अहिले ‘ब्रेक प्याड’ सहित १५४ किलोग्राम भएको छ । यसलाई गालेर (पगालेर) जोख्नुपर्छ,’ आचार्यले रातोपाटीसँग भने, ‘सम्बन्धित निकायबाट सुन जोख्न ग्रीन सिग्नल आइसकेको छैन ।’ सुन जोख्न अनुमति आएपछि ब्रेक प्याडबाट सुन छुट्ट्याएर गालिने र त्यसपछि जोख्दा मात्रै यकिन परिणाम आउँछ ।

यो प्रक्रिया एक हप्तासम्म चल्न सक्ने आचार्यको भनाई छ । र, आजै सुनमाथि थप अनुसन्धान गर्न अनुमति आएर प्रक्रिया थालेमा एकहप्ता लाग्न सक्ने उनको भनाई छ । यद्यपि, यो अनुमानित मिति भएकाले योभन्दा छिटो वा ढिलो समेत हुनसक्ने उनले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप