आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इजरायल–प्यालेष्टाइनबीच द्वन्द्व : एक जनाको मृत्यु, ३५ जना घाइते

बिहीबार, ०४ साउन २०८०, १५ : ५७
बिहीबार, ०४ साउन २०८०

रामल्लाह । वेस्ट बैंकमा इजरायली सेनासँगको झडपमा एक जना प्यालेस्टाइनीको मृत्यु भएको छ भने अन्य ३५ जना घाइते भएका छन् । 

उत्तरी वेस्ट बैंकको नाब्लसमा बुधबार मध्यरातमा इजरायली सेनासँगको झडपमा एक प्यालेस्टाइनीको मृत्यु हुनका साथै कम्तीमा ३५ जना घाइते भएका प्यालेस्टिनी चिकित्सकहरूले बिहीबार बताएका छन् ।

प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले जारी गरेको विज्ञप्तिमा इजरायली सैनिकले प्रहार गरेको गोली छातीमा लागेपछि १९ वर्षीय बद्दर अल–मसरीको अस्पतालमा मृत्यु भएको जनाइएको छ । घाइते ३५ जना प्यालेस्टिनीमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

गत जनवरी यता उक्त क्षेत्रमा इजरायली र प्यालेस्टिनीबीच भएका शृङ्खलाबद्ध झडपमा २४ जना इजरायली र एक सय ७५ जना प्यालेस्टिनीले ज्यान गुमाएका छन् । प्यालेष्टिनी पक्षबाट ज्यान गुमाउनेमा अधिकांश बालबालिका र महिला छन् ।– (रासस/सिन्ह्वा)  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप