आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विवादित फिल्म आदिपुरुषले नेपालमा कमायो १ करोड ९९ लाख

बिहीबार, ०४ साउन २०८०, १६ : ०२
बिहीबार, ०४ साउन २०८०

काठमाडौँ । विवादित फिल्म आदिपुरुषले नेपालमा झण्डै दुई करोड रुपैयाँ कमाएको छ । 

चलचित्र विकास बोर्डले बिहीबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्ट अनुसार १ करोड ९९ लाख ७० हजार २९३ रुपैयाँ ३६ पैसा कमाएको हो । उक्त फिल्म नेपालमा जुन १६ २०२३ मा रिलिज भएको थियो । 

फिल्ममा प्रयोग गरिएका आपत्तिजनक संवादलाई लिएर सो फिल्मलाई काठमाडौँ महानगरपालिकासहित विभिन्न स्थानीय तहले प्रतिबन्ध नै लगाएका थिए । 

विवादका बीच सो फिल्मको प्रदर्शनका बीचमा ५९ हजार ६५६ टिकट बिक्री भएको बक्स अफिस रिपोर्टमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप