आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
बक्स अफिस रिपोर्ट

नेपालमा विदेशी फिल्मको दबदबा

बिहीबार, ०४ साउन २०८०, १६ : ४१
बिहीबार, ०४ साउन २०८०

काठमाडौँ । नेपालमा विदेशी फिल्मको दबदबा देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा देशभरका हलमा कुल १३५ फिल्म रिलिज हुँदा विदेशी फिल्मले धेरै कमाएका छन् ।

गत आर्थिक वर्षमा नेपालमा विदेशी फिल्ममात्र कुल ७८ वटा प्रदर्शनमा आएकामा ती फिल्मले ७९ करोड, ४३ लाख ४ हजार ७४८ रुपैयाँ ९ पैसा कमाएका छन् । *यसमध्ये ३३ प्रतिशत रकम विदेशीले लाने वितरक मनोज राठीले रातापाटीलाई बताए ।

यसैगरी गत आर्थिक वर्षमा ५७ वटा नेपाली फिल्म रिलिज भएका छन् । चलचित्र विकास बोर्डका अनुसार नेपाली फिल्म प्रदर्शनबाट ७६ करोड ७२ लाख ५७ हजार १ रुपैयाँ आम्दानी भएको छ ।

विकास बोर्डको बक्स अफिस कलेक्सन रिपोर्टअनुसार नेपाली फिल्मले भन्दा विदेशी फिल्मले धेरै कमाएका हुन् । त्यसमा हिन्दी फिल्म धेरै छन् । 

नेपालीतर्फ धेरै व्यवसाय गर्ने तीन फिल्ममा ‘छक्का पन्जा ४’, ‘जारी’ र ‘प्रेम गीत ३’ रहेका छन् । 

‘छक्का पन्जा ४’ ले १७ करोड ५२ लाखभन्दा बढी व्यवसाय गरेको छ ।

त्यस्तै  दोस्रो सूचीमा आएको जारीले १७ करोड १७ लाख बढी कलेक्सन गरेको छ । यो सूचीको तेस्रो नम्बरमा प्रेम गीत ३ आएको छ । फिल्मले ७ करोड ७० लाख बढी कलेक्सन गरेको छ । 

त्यस्तै महापुरुष ७ करोड ३८ लाख र दुई नम्बरी ३ करोड ८४ लाख आम्दानी गर्दै चौथो र ५ औँ स्थानमा परेको छ ।  त्यस्तै फिल्म फूलबारीले ३ करोड ५३ लाख,  झिँगेदाउले ३ करोड ४१ लाख,  के घर के डेराले २ करोड ६५ लाख, प्रेम गीत ३ हिन्दीले २ करोड २७ लाख र प्रकाशले १ करोड ७५ लाख कमाएको छ ।

नेपालमा हिन्दी फिल्म पठानले सर्वाधिक कमाइ गरेको छ । सो फिल्मले गत आर्थिक वर्ष २०७९–०८० मा प्रदर्शनका क्रममा १३ करोडभन्दा बढी आम्दानी गरेको हो । 

यस्तै दोस्रो नम्बर अवतार: द वे अफ वाटरले आफ्नो स्थान सुनिश्चित गर्दा क्रमशः ब्रह्मास्त्र पार्ट वानः शिव, दृश्यम् २, उचाही, कन्तरा, किसी का भाइ किसीका जहान, ब्ल्याक पार्टनर, आदिपुरुष र लालसिंह चड्डा शीर्ष स्थानमा छन् । 

यसैगरी विवादित फिल्म आदिपुरुषले नेपालमा झण्डै दुई करोड रुपैयाँ कमाएको छ । अफिस रिपोर्ट अनुसार सो फिल्मले १ करोड ९९ लाख ७० हजार २९३ रुपैयाँ ३६ पैसा कमाएको हो । उक्त फिल्म नेपालमा जुन १६ २०२३ मा रिलिज भएको थियो । 

फिल्ममा प्रयोग गरिएका आपत्तिजनक संवादलाई लिएर सो फिल्मलाई काठमाडौँ महानगरपालिकासहित विभिन्न स्थानीय तहले प्रतिबन्ध नै लगाएका थिए । 

विवादका बीच सो फिल्मको प्रदर्शनकाे समयमा ५९ हजार ६५६ टिकट बिक्री भएको बक्स अफिस रिपोर्टमा उल्लेख छ ।

*सच्याइएको ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप