आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘सिवानी’ सबैभन्दा थोरै कमाउने फिल्म, दोस्रो नम्बरमा ‘चोर पुलिस’

बिहीबार, ०४ साउन २०८०, १३ : ००
बिहीबार, ०४ साउन २०८०

काठमाडौँ । गत आर्थिक वर्ष २०७९/०८० धेरै कमाउने ५ नेपाली फिल्ममा ‘छक्का पन्जा ४’, ‘जारी’, ‘प्रेम गीत ३’, ‘महापुरुष’ र ‘दुई नम्बरी’ परेको छ । तर थोरै कमाउने फिल्ममा ‘सिवानी’, ‘चोर पुलिस’, ‘सरी मम’, ‘आँधी तुफान २’ र ‘ए साथी सुन’ परेका छन् । 

सबैभन्दा थोरै कमाउने फिल्मको सूचीमा एक नम्बरमा ‘सिवानी’ परेको छ । फिल्मले जम्मा ५ सय २० रुपैयाँको व्यवसाय गरेको छ । 

त्यस्तै थोरै कमाउने फिल्मको दोस्रो र तेस्रो स्थानमा ‘चोर पुलिस’, ‘सरी मम’ आएको छ । ‘चोर पुलिस’ १८ हजार ७ सय व्यवसाय गर्दा ‘सरी मम’ले २३ हजार ७ सयको मात्र व्यवसाय गरेको छ ।

त्यस्तै यो सूचीमा चौथो स्थानमा रहेको ‘आँधी तुफान २’ ले २८ हजार ४ सय कमाएको छ भने पाँचौँ स्थानमा रहेका ‘ए साथी सुन’ले ६० हजारको व्यवसाय गरेको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप