आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अझै दुई दिन चल्ने

बिहीबार, ०४ साउन २०८०, १८ : २०
बिहीबार, ०४ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अझै दुई दिनसम्म सञ्चालन हुने भएको छ ।  

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा तेस्रो दिनको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेसका नेता प्रदीप पौडेलले यस्तो बताएका हुन् । उनले बैठकमा केन्द्रीय कार्यसमिति सदस्यहरुले बोल्ने क्रम नसकिएको र सबैले बोलिसक्न अझै दुई दिनसम्म बैठक चल्नसक्ने बताए । 

नेता पौडेलले केन्द्रीय कार्यसमिति सदस्यहरुले बैठकमा पार्टीगत, समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राख्ने क्रम जारी रहेको बताए । 

उनले भने, ‘नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज तेस्रो दिन सम्पन्न भएको छ । यो बैठक जारी छ । भोलि ११ बजेका लागि बैठक तोकिएको छ । केन्द्रीय समितिका सदस्यहरुले बोल्ने क्रम जरुरी छ, अझै दुई दिन लाग्न सक्छ, समसामयिक राजनीतिक विषय, पार्टीका बारेमा धारणा राखिरहनुभएको छ । भोलि र आइतबार पनि यो क्रम जारी रहन्छ ।’

नेता पौडेलले बैठक शुक्रवार र आइतबार बस्ने बताए । उनले शुक्रबार बिहान ११ बजे बैठक बस्ने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप