देशमा सुशासन छैन, दण्डहीनताले सीमा नाघ्यो : नेता कोइराला
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा सुशासन कायम हुन नसकेको बताएका छन् । बिहीबार ललितपुरमा आयोजित लाओस राईद्वारा लिखित पुस्तक राष्ट्रवाद की राष्ट्रप्रेम नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देशमा दण्डहीनताले सीमा नाघेको बताए ।
नेता कोइरालाले राजनीतिक मुद्दा वा जुनसुकै मुद्दाहरूमा अदालतले निर्णय गरिसकेका मुद्दालाई राजनीतिक मुद्दा भनेर छुट दिने हो भने दण्डहीनताले सीमा नाघ्ने बताए । उनले देशमा अहिले राष्ट्रियताको आडमा लोकरिझाँई, लोकप्रियतावादीका रुपमा नेताहरुले आफूलाई स्थापित गरिरहेको बताए । उनले लोकरिझाईंको राजनीतिले देशलाई बिगारीसकेको बताए । उनले लोकरिझाँईको राजनीति भविष्यमा देशका लागि घातक हुने बताए ।
नेता कोइरालाले नेपालमा २०६२÷०६३ पछि नै दण्डहीनताका घटनाहरु बढ्दै गइरहेको उल्लेख गरे । नक्कली भुटानी शरणार्थी, ललिता, ओम्नी, वाइडबडी लगायतका अनियमितताका प्रकरणहरु निचोडमा नपु¥याएसम्म देशको स्थिति अफ्ठ्यारो रहने उनले बताए ।