आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

२५ बुँदे प्रतिबद्धतासहित एनआरएनए माल्टाको अध्यक्षमा खनालको उम्मेदवारी घोषणा

बिहीबार, ०४ साउन २०८०, २० : ५३
बिहीबार, ०४ साउन २०८०

माल्टा । एनआरएनए नेपाली संघ माल्टाको आगामी २०२३–२५ कार्यकालका लागि  रेमलाल खनाल (रेम्स) ले उम्मेदवारी घोषणा गरेका छन् ।  २५ बुँदे  प्रतिबद्धतासहित उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । 

खनालले समग्र माल्टावासीको आग्रहलाई स्वीकार गर्दै आफू निर्वाचनमा होमिएको बताए । उनले आफू माल्टामा सर्वसम्मति नेतृत्वको पक्षमा रहेको तर जति पहल गर्दा पनि हालको कार्यसमितिका केही पदाधिकारीले निर्वाचनको विकल्प नदिएपछि  उम्मेदवारी घोषणा गरेको बताए । 

कार्यक्रममा एनआरएनए पोर्चुगलका पूर्व अध्यक्ष भिमकमल केसी, समाजसेवी एवं माल्टाका सफल व्यवसायी प्रकाश भण्डारी, सन्देश केसीलगायतले खनाललाई विजयी गराउन माल्टावासी नेपालीहरूलाई आग्रह गरे । 

अध्यक्षका प्रत्याशी खनालले ‘पद्धति र पारदर्शिता समावेशी एनआरएनए हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित आफ्नो २५ बुँदे प्रतिबद्धता व्यक्त गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप