आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेस केन्द्रीय समिति बैठकमा आज पनि केन्द्रीय सदस्यले धारणा राख्ने

शुक्रबार, ०५ साउन २०८०, ०६ : २९
शुक्रबार, ०५ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ । 

बिहीबारको बैठकमा पनि केन्द्रीय सदस्यहरूले आ आफ्नो धारणा राख्नेछन् ।  हिजोको बैठकमा ३५ केन्द्रीय सदस्यले  धारणा राखेका थिए । 

केन्द्रीय सदस्यहरूले पार्टीका शीर्ष नेताहरूले नै गुटको नेतृत्व गर्दा पार्टी विभाजित बनेको भन्दै आपत्ति जनाएका थिए । बैठकको सामाजिक सञ्जालमार्फत लाइभ हुँदै आएकोमा भने केन्द्रीय सदस्यहरूले नेतृत्वको प्रशंसा गर्दै आएका छन् । बैठक भोलि सम्म सम्पन्न गर्ने तयारी रहेको केन्द्रीय कार्यालयले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप