आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिराहामा आफ्नै घरको शौचालयमा एक महिला मृत फेला, हत्या भएको माइती पक्षको आरोप

शुक्रबार, ०५ साउन २०८०, १० : ०५
शुक्रबार, ०५ साउन २०८०

जनकपुरधाम । सिराहामा एक महिला आफ्नै घरको शौचालय मृत अवस्थामा फेला परेकी छन् । सिराहाको कर्जन्हा नगरपालिका वडा नम्बर ११ हटलेटवा बस्ने स्थानीय धनिक लाल यादवको छोरा सुधन यादवकी श्रीमती अन्दाजी वर्ष २० की शान्ति यादव आफ्नै शौचालयमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

सुधनसँग करिब ५ वर्ष अघि किशोरी उमेरमै बिहे गरेकी शान्तिसँग  २ वर्षीय छोरी रहेकी छन् । उनी शौचालयमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । राती २ बजेको समयमा प्रहरीलाई जानकारी गएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

मृतको श्रीमान् सुधन वैदेशिक रोजगारीको सिलसिलामा रहेका छन् । उनी राती २ बजे झुन्डिएको भेटिएको परिवारजनको बयान छ । यद्यपि, राति २ बजे तर्फको यो घटनाले शङ्का उत्पन्न गराएको छ । शौचालय जाँदा राति २ बजे उनको घरपरिवारले कसरी देखेको भनेर शङ्का उत्पन्न गराएको छ । यसबारे प्रहरीले पनि अनुसन्धान थालेको हो । उनको शव पोस्टमार्टमको लागि सिराहा लैजाने तयारी गरिएको बताए ।

यता, शान्तिको माइत पक्षले छोरीलाई हत्या गरी झुण्डयाईदिएको आरोप लगाएका छन् । श्रीमान् वैदेशिक रोजगारीमा हुँदा पटक पटक झैँ झगडा हुँदै आएकोमा मारेर झुण्डयाई दिएको आरोप माइती पक्षको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप