आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नगद प्रवाह १३ अर्ब ७६ करोडले बढ्यो, कति छ बजारमा पैसा ?

शुक्रबार, ०५ साउन २०८०, ११ : ४२
शुक्रबार, ०५ साउन २०८०

काठमाडौँ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७९/८० मा बजारमा १३ अर्ब ७६ करोड रुपैयाँले क्यास फ्लो (नगद प्रवाह) बढेको केन्द्रीय बैंकले जनाएको छ । 

आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा बजारमा कूल ६ खर्ब १२ अर्ब २ करोड ७६ लाख रुपैयाँ नगद रहेको रहेको थियो । तर एक पछिल्लो वर्ष यस्तो नगद प्रवाह बढेर ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख ७२ हजार ५३० रुपैयाँ पुगेको बैंकले जनाएको छ । 

एक वर्षमा कूल १३ अर्ब ७६ अर्ब २ करोड ६८ लाख ५६० रुपैयाँले बजारमा क्यास सर्कुलेशन बढेको बैंकले जनाएको छ । 

यो बैंकिङ च्यानलमा आउजाउ भइरहेको पैसा हो । यद्यपि, कति पैसा अनौपचारिक क्षेत्रमा कारोबार भइरहेको छ, सो भने यकिन नहुने बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप