आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सय किलो सुन तस्करी गर्ने मालिकलाई पक्राउ गर्नुपर्छ : पर्यटनमन्त्री

शुक्रबार, ०५ साउन २०८०, १७ : ४०
शुक्रबार, ०५ साउन २०८०

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले एक सय किलो सुन तस्करी गर्ने भरियालाई नभएर मालिकलाई पक्राउ गर्नुपर्ने बताएका छन् । 
शुक्रवार काठमाडौं आयोजित २४ औं अरुण स्मृति दिवस तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री किराँतीले तस्करी प्रकरणका भरिया नभइ मालिक पक्राउ गर्न सरकारलाई संघ संस्था र जनताहरुले सडकबाट दबाब सिर्जना गर्नुपर्ने बताए । 

उनले कसैलाई शक्तिको भरमा न्याय, संविधान र कानून भन्दा माथि बस्ने अधिकार नभएको भन्दै कानून विपरित काम गर्नेलाई सरकारले तत्काल कारबाही गर्ने बताए । 
 सरकार सुशासन र समृद्धि बाटोमा हिँडेर समाजवादमा पुग्ने प्रधानमन्त्रीको निर्देशन र उद्देश्यको बाटोमा हिँडेको बताए ।  उनले सरकारलाई भ्रष्टाचार र तस्करी नियन्त्रण गर्नको लागि जनताको साथ अपरिहार्य रहेको बताए । 

उनले सुन बरामद गर्ने कार्यक्षेत्र पर्यटन मन्त्रीको नभएको भन्दै त्यो काम भन्सारको भएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप