आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ट्रम्पको गोप्य दस्तावेजसम्बन्धी सुनुवाइ मे २०२४ मा हुने

शुक्रबार, ०५ साउन २०८०, २२ : ४५
शुक्रबार, ०५ साउन २०८०

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोप्य दस्तावेजको दुरुपयोग गरेको अभियोगमा अर्को वर्षको मे महिनामा मुद्दाको सुनुवाइ सुरु हुने भएको छ ।

अमेरिकी जिल्ला अदालतका न्यायाधीश आइलिन क्याननले सन् २०२४ को मे २० देखि पूर्वराष्ट्रपति ट्रम्पको सुनुवाई सुरु गर्न आदेश दिएका हुन् । 

अभियोजकहरूले डिसेम्बरमा मुद्दाको सुनुवाइ सुरु गर्न माग गरेका थिए भने ट्रम्पका प्रतिरक्षा वकिलहरूले नोभेम्बर २०२४ को राष्ट्रपति चुनावपछि यो मुद्दा सञ्चालन गर्न अनुरोध गरेका थिए ।

रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिपदका लागि मनोनयनका प्रबल दाबेदार ७७ वर्षीय ट्रम्प चुनावका लागि पार्टीको सशक्त दावेदारको चयनका लागि हुने प्राथमिक अभियानको शिखरमा सुनुवाइ हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप