आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
भक्तपुरका किसानलाई धान गोड्ने चटारो (तस्बिरहरू)
जीवनशैली

भक्तपुरका किसानलाई धान गोड्ने चटारो (तस्बिरहरू)

शनिबार, ०६ साउन २०८०

भक्तपुर । यस वर्ष ढिलो गरी वर्षा सुरु भएपछि काठमाडौँ उपत्यकामा पनि ढिलै गरी धान रोपाइ भयो  । धान रोपाइँको काम लगभग सम्पन्न भएसँगै किसानहरू धान गोड्नमा व्यस्त हुन थालेका छन् । 

भक्तपुर जिल्लामा अनुमानित ४ हजार ३ सय ४८ हेक्टर क्षेत्रफलमा धान रोप्ने गरिन्छ । यहाँका किसानहरू पनि  यति बेला आ–आफ्नो खेतका गराहरूमा झार उखेल्दै गरेको भेटिन्छन् । 

भक्तपुर नगर क्षेत्र, चाँगुनारायण नगरपालिका, सूर्य विनायक नगरपालिका र थिमी नगरपालिका क्षेत्रमा किसानहरूले रोपाई सकेसँग धान गोड्न व्यस्त हुने गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया