आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गजलः  सक्दिनँ म

शनिबार, ०६ साउन २०८०, १० : १३
शनिबार, ०६ साउन २०८०

कैदी बन्न सक्दिन म तिम्रो नजरको
न त म हुँ चोक कुनै तिम्रो सहरको 
जस्तो तस्तो आँखाभित्र अटाउँदिन आफू 
ठेक्का लिएको छैन मैले तिम्रो अधरको 

बस्ती भए बसिदिन्थेँ जहाँ थिएँ उहीँ 
आफू परेँ डुल्ने हावा खुल्ला नगरको 
पूर्णिमा झैँ कहिलेकाहीँ  झुल्किन नि सक्छु 
नत्र म हुँ यात्री बादल नीलो सगरको ।

हालः लिसबोन, पोर्चुगल 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निलम वाङ्सफायर
निलम वाङ्सफायर
लेखकबाट थप