आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पीएसजीले एम्बाप्पेलाई एसिया टूरमा नलाने

शनिबार, ०६ साउन २०८०, ११ : ०५
शनिबार, ०६ साउन २०८०

पेरिस । पेरिस सेन्ट जर्मेनले किलियान एम्बाप्पेलाई जापान र दक्षिण कोरियाको प्रि–सिजन टूर गर्ने टोलीबाहिर राखेको छ । क्लबका सर्वाधिक गोलकर्ता र क्लबबीच करार नवीकरणमा विवाद रहेको छ । फ्रेन्च स्ट्राइकरले क्लबसँग एक वर्ष थप करार नवीकरण गर्न अस्वीकार गरेका छन् ।

त्यही भएर पीएसजी एम्बाप्पेलाई अहिले नै बेच्न चाहन्छ । अर्को सिजन क्लबले उनलाई सित्तैमा गुमाउनुपर्ने हुन्छ । यद्यपि, एम्बाप्पे भने आफ्नो करार अवधिको बाँकी एक वर्ष पीएसजीमा नै रहन चाहन्छन् । अर्को सिजन उनी बिना कुनै रकम रियल मड्रिडसँग आबद्ध हुने आँकलन गरिएको छ । 

एम्बाप्पे विश्वकै दोस्रो महँगो खेलाडी हुन् । उनी सन् २०१७ मा १६।५७ करोड पाउन्डमा पीएसजीसँग आबद्ध भएका थिए । विश्वकप विजेता खेलाडीले क्लबका लागि २६० खेलमा २१२ गोल गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप