आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
बजार

यो साता सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको स्थिर

शनिबार, ०६ साउन २०८०, १२ : ०८
शनिबार, ०६ साउन २०८०

काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ । गत साताको शुक्रवारको तुलनामा यो साताको शुक्रवारसम्ममा सुनको मूल्यमा सामान्य वृद्धि भएको हो ।

गत साताको शुक्रवार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार उक्त मितिमा तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ थियो ।

जुन, यो साताको शुक्रवारसम्म आइपुग्दा तोलामा ३०० रुपैयाँले बढेर १ लाख १२ हजार ८०० रुपैयाँ कायम भएको छ । महासङ्घका अनुसार यो साता तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार २५० रुपैयाँ कायम छ ।

यसैगरी, यो साता नेपाली बजारमा चाँदीको मूल्य भने स्थिर कायम छ । महासङ्घका अनुसार गत साताको शुक्रवारको मूल्यमै यो साता चाँदीको मूल्य कायम छ । यसअनुसार चाँदीको मूल्य तोलामा १४ सय ८० रुपैयाँ कायम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप