आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बंगलादेशका लागि एक दिवसीयमा शतक बनाउने पहिलो खेलाडी बनिन् फरगाना

शनिबार, ०६ साउन २०८०, १६ : ११
शनिबार, ०६ साउन २०८०

ढाका । बंगलादेश महिला क्रिकेट टोलीले एकदिवसीय शृङ्खलाको अन्तिम तथा निर्णायक खेलमा भारतीय टोलीलाई जितका लागि २२६ रनको लक्ष्य दिएको छ । यस खेलमा बंगलादेशकी ओपनर फरगाना हकले १०७ रनको कीर्तिमान पारी खेलेकी छिन् ।

हकले एकदिवसीय क्रिकेटमा शतक प्रहार गर्ने बंगलादेशकी पहिलो महिला क्रिकेटर बनेकी हुन् । ढाकामा जारी यो खेल जित्ने टोलीले तीन खेलको एकदिवसीय सिरिज जित्नेछ । दुवै टोलीले अहिलेसम्म एक–एक खेल जितेका छन् ।

यस खेलमा फरगानाले अन्तिम ओभरसम्म पिचमा रहिन् र १६० बलको सामना गरिन् । यस क्रममा उनले सात चौका प्रहार गरेकी थिइन् ।

शनिबार फर्गानाको शतकीय इनिङ्स अघि बंगलादेशका लागि एकदिवसीय क्रिकेटमा सबैभन्दा ठूलो व्यक्तिगत स्कोर ९७५ रन० सलमा खातुन र रुमाना अहमदको थियो।

३० वर्षीया फरगानाले बंगलादेशका लागि ५६ एकदिवसीय खेलमा एक शतक र नौ अर्धशतकसहित १२४० रन बनाएकी छिन् । यस शतकीय इनिङ्सअघि उनको सर्वाधिक व्यक्तिगत स्कोर ७१ रन थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप