आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बीपी कोइरालाको सम्झनामा दीप प्रज्ज्वलन

शनिबार, ०६ साउन २०८०, २२ : २९
शनिबार, ०६ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका संस्थापक नेता जननायक बीपी कोइरालाको स्मृतिमा दीप प्रज्ज्वलन गरिएको छ । बीपी कोइरालाको ४१ औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ४ ले आज साँझ टुडाँलदेवी मन्दिर परिसरमा दीप प्रज्ज्वलन गरेको हो ।

कार्यक्रममा काठमाडौँ क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले बिपीको विचार र चिन्तनलाई कांग्रेसले सँधै अगाडि बढाउने बताए । उनले बीपी कोइराला प्रधानमन्त्री भएर १७ महिनामा गरेको काम आजसम्म कुनै सरकारले गर्न नसकेको बताए ।

“आर्थिक दृष्टिकोण विनाको राजनीतिक अगाडि बढ्न नसक्ने बिपीको विचार  थियो, बीपी कोइरालाको सरकारलाई अपदस्थ नगरेको भए नेपालको आर्थिक उन्नति धेरै अगाडि बढ्थ्यो”, उनले भने । 

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका वडा नं ४ का सभापति रामप्रसाद न्यौपानेले बीपीको स्मृति दिवसलाई विभिन्न तरिकाले मनाउने क्रमअनुसार दीप प्रज्ज्वलन गरिएको बताए । राष्ट्रियता, प्रजातन्त्र र समाजवादका प्रवर्द्धक बीपी राष्ट्रवादी राजनेता भएको उनको भनाइ थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप