आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यी ‘प्रोफेसनल गर्लफ्रेन्ड’, जसले कमाउँछिन दैनिक लाखौँ रुपैयाँ

आइतबार, ०७ साउन २०८०, १० : ०२
आइतबार, ०७ साउन २०८०

सिकागो । पैसा कमाउनको लागि मानिसहरूले अचम्म अचम्मको काम गर्छन । कतिपयले सर्टकट माध्यमबाट धनी बन्नको लागि गलत बाटो पनि अपनाउछन् । अर्कोतर्फ कतिपय  भने फरक–फरक विचारका साथ हेडलाइनमा रहँदै करोडौं कमाउने गर्छन् ।
 

कम समयमा धेरै पैसा कमाउने क्रममा ३० वर्षीया युवती जेन्ना मेडिसनले अपनाएको तरिकाको कसैले प्रशंसा गरिरहेका छन् भने कसैले आलोचना गरिरहेका छन् । 

आजका शिक्षित स्मार्ट महिलाहरू पेशाले इन्जिनियर, डाक्टर, शिक्षक, प्रहरी, वकिल, सीए, सामुदायिक सहयोगी र व्यवसायी हुन सक्छन्। तर यी महिलाको काम भने अर्कै छ। खासमा अमेरिकाकी यी सुन्दरी ‘प्रोफेशनल गर्लफ्रेन्ड’ हुन् । 

यी सुपर मोडल तथा पूर्व स्ट्राइपर यतिबेला अनौठो तरिकाले पैसा कमाउने कारण चर्चामा छिन् । लामो समयदेखि वयस्क उद्योगमा काम गरिरहेकी यी महिलाको कमाइको गोप्य कथा हरेक गल्लीमा गुन्जिरहेको छ । 

धनी बनेकी यी मोडलको नाम जेना म्याडिसन हो । शिकागोमा बस्ने ३० वर्षीय मोडलले दिनमा १ लाख रुपैयाँ सहजै कमाउँछिन् । पैसा लिएर उनी सानो होस् या ठुलो, धनी होस् या गरिब सबैको ‘प्रोफेसनल गर्लफ्रेन्ड’ बनेकी छिन् । 

मिडिया रिपोर्टका अनुसार एक्लो पुरुषको प्रेमिका हुनु र उनीहरुबाट चर्को शुल्क लिनु नै उनको आम्दानीको मुख्य स्रोत हो । एक्लो पुरुषहरू अर्थात् जुनसुकै कारणले पनि एक्लो महसुस गर्नेहरूले उनलाई आफ्नो प्रेमिका बनाउन पैसा तिर्छन्। ती एक्लो पुरुषहरुसँग उनी कुरा गर्छिन्, उनीहरुका समस्या र पीडा सुुन्छिन् । हाँसो, ठट्टा र रोमान्स तिनीहरूसँग सबै कुरा गर्छिन् तर तिनीहरूका सबै सेवाहरू अनलाइन मात्र छन्।

अनलाईन सेवाको अर्थ उनले मानिसहरूलाई भेटेर आफ्नो सेवा दिने छैनन तर फोन र सन्देशहरू मार्फत आफ्ना प्रेमीहरूसँग सम्पर्कमा रहदैँ आएकी छिन । उनको बैंक विवरण अनुसार उनका करिब तीन हजार ब्वायफ्रेन्ड रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप