आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेप्सेमा हिमालयन लघुवित्तको बोनस सेयर सूचीकृत

आइतबार, ०७ साउन २०८०, १० : ३७
आइतबार, ०७ साउन २०८०

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन लघुवित्त वित्तीय संस्था (तत्कालीन सिभिल लघुवित्त) को ३ लाख १६ हजार ९३६.८८ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।  

यस संस्थाले गत वर्ष लगानीकर्तालाई वितरण गरेको ११ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ । तत्कालीन सिभिल लघुवित्तको ११औं वार्षिक साधारण सभाले नाम परिवर्तन गरेर हिमालयन लघुवित्त राख्ने प्रस्ताव पारित गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप