आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माओवादी उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको टोली ३ बजे दिल्ली जाँदै

आइतबार, ०७ साउन २०८०, १० : ४२
आइतबार, ०७ साउन २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको टोली आज दिउँसो ३ बजे दिल्ली जाने भएको छ । भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भुसाल सहित ५ जना माओवादी नेताहरू भारत जान लागेका हुन् । जसमा पार्टी केन्द्रीय सदस्य चक्रपाणि खनाल, रामेश्वर राय यादव, सुरेशकुमार राई, सत्या पहाडी छन् ।

आज दिउँसो ३ बजे दिल्ली जाने भुसाल नेतृत्वको टोली ५ दिनसम्म भारतमै बस्ने भ्रमण दलका सदस्य एवम् पार्टी केन्द्रीय सदस्य यादवले बताए । भाजपा र माओवादी केन्द्रको ‘पार्टी टु पार्टी’ सम्बन्ध विस्तार गर्न भुसाल सहितको टोली भारत जान लागेको हो । भुसाल नेतृत्वको टोलीले दिल्ली, देहरादुन र ऋषिकेस लगायत ठाउँहरूको अवलोकन गर्ने भएको छ । 

भारतमा हुँदा भाजपा पार्टी कार्यालय अवलोकन गर्नुका साथै पार्टी अध्यक्ष अमित शाह लगायत पार्टीका शीर्ष नेतृत्व समित प्रदेश अध्यक्षहरूलाई समेत भेट्ने कार्यतालिका रहेको यादवले बताए । 

यसअघि चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटाको टोली चीन भ्रमण गरेर फर्किएको थियो । चिनियाँ कम्युनिस्ट पार्टी माओवादी केन्द्रबीच सम्बन्ध विस्तार गर्न सापकोटा नेतृत्वको टोली चीन भ्रमणमा गएर फर्किएको हो । सापकोटा नेतृत्वको टोली गत जेठ ५ गतेदेखि १० गते चीन भ्रमण गरेर फर्किएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप