आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
मौद्रिक नीति

मौद्रिक नीति पास गर्न राष्ट्र बैंकको बोर्ड बैठक

आइतबार, ०७ साउन २०८०, ११ : ०५
आइतबार, ०७ साउन २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आइतबार सार्वजनिक गर्दैछ । सरकारको वित्त नीति (बजेट) सार्वजनिक भएसँगै मौद्रिक नीतिमा केन्द्रित भएको राष्ट्र बैंकले आइतबार बोर्डको बैठक राखेर मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको हो । 

आइतबार बिहान ८ बजेदेखि बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठक जारी रहेको सूचना अधिकारी नारायणप्रसाद पोखरेलले रातोपाटीलाई जानकारी दिए । ‘बिहानैदेखि जारी बोर्डको बैठक टुंगिएको छैन । बोर्डले पास गर्ने वित्तिकै चालु आर्थिक वर्षको मौद्रिक नीति वेबसाइटमार्फत सार्वजनिक गर्छौ’ पोखरेलले भने । 

तर, राष्ट्र बैंकको आधिकारिक विज्ञप्ति भने दिउँसो ३ बजे मात्र जारी गरिने उनले जानकारी दिए ।  केन्द्रीय बैंकले आर्थिक वर्षको बजेटले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नेगरी अर्थतन्त्रको आन्तरिक र बाह्य क्षेत्रको सुधारलाई सन्तुलित राख्ने गरी मौद्रिक नीतिको तयारी गरिएको बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप