आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाइलट समर्पण कार्कीले जिते मिस्टर नेपाल २०२३ को उपाधि

आइतबार, ०७ साउन २०८०, १२ : ०४
आइतबार, ०७ साउन २०८०

काठमाडौँ । न्यु लुक ‘मिस्टर नेपाल २०२३’ को उपाधि समर्पण कार्कीले जितेका छन् । पेसाले पाइलट विराटनगरका ३२ वर्षीय कार्कीले १८ प्रतियोगीलाई पछि पार्दै शीर्ष उपाधि चुमेका हुन् ।

युवाको प्रेरणाको श्रोत बन्ने उद्देश्यसहित प्रतियोगितामा सहभागी भएका कार्कीले मिस्टर इन्टल्लेक्चुअलको उपाधि समेत हासिल गरे ।  प्रतियोगितामा शीर्ष विजेता कार्कीले नगद ५ लाख बराबरको उपहारको अलवा ‘मिस्टर वर्ल्ड २०२३’ वा ‘मिस्टर ग्लोबल २०२३’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् ।

दरबारमार्गस्थित होटल याक एन्ड यतिमा शनिवार अबेर साँझ एक भव्य समारोहकाबीच आयोजना भएको प्रतियोगितामा काठमाडौँका निमेष कपाली फष्ट रनर अप, काभ्रेका क्रिशल श्रेष्ठ सेकेन्ड रनर अप, चितवनका डा.विजय दुवाडी थर्ड रनर अफ र भक्तपुरका असिम लामिछाने फोर्थ रनर अप घोषित भए । रनर अप विजेता कपालीले वेस्ट पर्सनालीटी, श्रेष्ठले मोष्ट ट्यालेन्ट र जिन्स पार्क स्टाइल आइकन, दुवाडीले पब्लिक च्वाइस, लामिछानेले मोष्ट फोटोजेनिक उपाधि समेत हात परे ।

अभिनेत्री आँचल शर्मा, माल्भिका सुब्बा, डा.आयुष्यमान घिमिरे, विश्वकिरण जैन, लु लिन, मनिषा डंगोल, राजभाई सुवाल, शैलजा अधिकारी लगायत निर्णायक रहेको प्रतियोगितामा मोष्ट पपुलर रमननाथ गिरी, मिस्टर एक्टिभ र वेस्ट फिजिक प्रेमकुमार यादव, वेस्ट स्किन मिकाज कार्की, वेस्ट हेयर राजीव तिवारी र न्यु लुक म्यान च्वाइस लोकेश प्रधानाङ्गाले हात परे । ‘मिस्टर नेपाल’ पुरुष सहभागी हुने नेपालकै प्रतिष्ठित र ठुलो प्रतियोगिता हो । एक्सपोज नेपालले आयोजना गर्दै आएको यो प्रतियोगिता गत वर्षबाट नेक्स्ट मोडल्स नेपालले आयोजना गर्दै आएको छ ।

युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा पाइलट, डाक्टर, इन्जिनियर, चार्टर एकाउन्टेन्ट लगायत प्रतियोगीका रूपमा रहेको नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले बताए ।

स्विमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका दर्जन बढी प्रशिक्षणसहित प्रतियोगी फाइनलमा उत्रिएका थिए । यो पटक मिस्टर नेपाल ‘न्यु लुक मिस्टर नेपाल’ को नामबाट आयोजना भएको थियो । प्रतियोगीले इन्ट्रोडक्सन राउन्डमा मौलिक संस्कृति झल्किने विभिन्न पोसाक लगाएका थिए । कार्यक्रममा आईईसी कलेज

अफ फेशनका २१ र २२ ब्याचका विद्यार्थीले पनि फेसन तयार पारेका थिए । जसको डिजाइनले पनि उतिकै प्रशंसा पाएको आयोजक नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप