आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अर्थतन्त्र

ट्रेजरीमार्फत १२ अर्ब ६० करोड आन्तरिक ऋण उठाउँदै सरकार

आइतबार, ०७ साउन २०८०, १२ : ३३
आइतबार, ०७ साउन २०८०

काठमाडौँ । सरकारले आगामी साउन ९ गते १२ अर्ब ६० करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । २८ दिने र ९१ दिने ट्रेजरी बिलमार्फत केन्द्रीय बैंकले उक्त परिणाम बराबरको आन्तरिक ऋण उठाउने भएको हो । 

यद्यपि, उक्त ट्रेजरी फ्रेस (नयाँ) भएर पुरानै ट्रेजरी बिलको नवीकरण गरिने केन्द्रीय बैंकले जनाएको छ । बैंकका अनुसार २८ दिने ट्रेजरीमा ४ अर्ब रुपैयाँ र ९१ दिने ट्रेजरीमा ८ अर्ब ६० करोड रुपैयाँ नवीकरण हुनेछ । 

इच्छुक बैंक तथा वित्तीय संस्थाले साउन ८ गते सोमबार दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् । सोमबार नै बोलकबोल हुने ट्रेजरीको नवीकरण साउन ९ गते हुनेछ । 

यसअघि केन्द्रीय बैंकले २८ दिने र ९१ दिने ट्रेजरी गरी कूल १७ अर्ब ७० करोड रुपैयाँ उठाएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप