आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पार्टीको क्रियाशील सदस्यता वितरणको केन्द्र वडालाई बनाउनुपर्छ : एनपी साउद

आइतबार, ०७ साउन २०८०, १३ : ०८
आइतबार, ०७ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता एनपी साउदले पार्टीको क्रियाशील सदस्यता वितरणको केन्द्र वडालाई बनाउनुपर्ने बताएका छन् । कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबार बोल्ने क्रममा उनले सदस्यता वितरणको केन्द्र वडालाई बनाउनुपर्ने बताएका हुन्। 

‘सदस्यता वितरणको केन्द्र केन्द्रलाई नबनाइ वार्डलाई बनाउनुपर्छ। जबसम्म वडा मजबुत हुन्न, जबसम्म गाउँ मजबुत हुन्न, जबसम्म स्थानीय संरचना मजबुत हुन्न तबसम्म हामीले सदस्यता चाङ जति बढाए पनि हामीले उपलब्धी हासिल गर्न सक्दैनौँ,’ परराष्ट्रमन्त्रीसमेत रहेका नेता साउदले भने।   

उनले कूल क्रियाशील सदस्यमध्ये २० प्रतिशत सदस्यले पार्टीको चुनाव चिन्हमा मत नदिने र अन्य २० प्रतिशत सदस्यले आशिंक रुपमा मत दिने गरेको पनि बताए। 

साउदले ती ४० प्रतिशत क्रियाशील सदस्यहरुलाई पार्टीलाई  भोट दिने बनाउनतर्फ ध्यान दिनुपर्नेमा जोड दिए।  ‘क्रियाशील सदस्यमध्ये पनि ४० प्रतिशत क्रियाशील सदस्यहरु हामीले पार्टीलाई भोट दिने बनाउने तर्फ ध्यान दिनुपर्छ,’ उनले भने। 

यस्तै समानुपातिक र समावेशीतालाई प्रत्यक्ष निर्वाचन क्षेत्र तोकेर जानुपर्ने बताए । ‘यसमा बाहिर पनि चर्चा चलेको छ। पार्टीभित्र पनि चर्चा चलेको छ । अब निर्वाचन क्षेत्र नै समावेशी बनाएर प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट जानुपर्छ । त्यतातिर हाम्रो पार्टीले अग्रसरता लिनुपर्छ ,’ उनले भने ।

नेता साउदले २० प्रतिशत क्रियाशील सदस्यले वडा सदस्यदेखि संघीय सांसदसम्म तीनै तहका कुनै पनि उम्मेदवारलाई मत नदिएको बताए ।

बाँकी २० प्रतिशत सदस्यले आंशिक रूपमा केही उम्मेदवारलाई मत दिएर बाँकीलाई रुखमा खाली राखेको वा विपक्षीलाई मत दिएको बताए । वडा सदस्यलाई दिनेले अध्यक्षलाई नदिएको, मेयरलाई दिनेले उपमेयरलाई नदिएको जस्तो आधारमा २० प्रतितले आंशिक रूपमा मात्र मत दिएको उनको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप